घोराही–होलेरी अबरुद्ध सडक करिव १४ घण्टापछि सुचारु

साउन १२, २०७९


तुलसीपुर,१२ साउन ।

अबरुद्ध दाङ घोराही–होलेरी सडक खण्ड करिव १४ घण्टापछि सुचारु भएको छ । बुधबार राती साढे ९ बजे माथिबाट झरेको लेदोसहितको पहिरोले सडक अवरुद्ध भएपछि दर्जनौ सवारी साधन विच बाटोमा अलपत्र परेका थिए ।

पहिरोले अवरुद्ध भएको सडक बिहिबार बिहान ९ बजेदेखि खुलेपछि दर्जनौ सडकमा रोकिराखेका सवारी साधन गन्तब्यमा लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउनलाई घोराही उपमहानगरपालिकाको जेसीबीसहित नेपाल प्रहरी र नागरिकको सहभागितामा पहिरो पन्छ्याउने काम भएको थियो । गत मंगलबार देखि परेको पानीले घोराही–रोल्पा होलेरी जोड्ने सडकमा पहिरो गएपछि अबरुद्ध भएको थियो ।