दाङमा वृद्ध माथि करणी गरेको आरोपमा एक जना पक्राउ

साउन १२, २०७९


तुलसीपुर,१२ साउन ।

दाङमा वृद्ध माथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका – ६ मध्यनगर बस्ने २९ वर्षीय बल बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोहि ठाउँ बस्ने ६७ वर्षीया वृद्धा माथि साउन ४ गते घरमा एक्लै भएको अवस्थामा जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

परिवारले बुधवार ईलाका प्रहरी कार्यालय लमहीमा निवेदन दर्ता गरेपछि सोहि दिन चौधरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।