शान्ति सामुदायिक वनको भिम बगैंचालाई वनस्पति पार्क बनाइने

साउन १२, २०७९


भालुवाङ १२ साउन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ को शान्ति सामुदायिक वनमा वनस्पति पार्क बनाइने भएको छ ।

सामुदायिक वनको ६र७ विगाह क्षेत्रमा रहेको भिम बगैंचालाई वनस्पति पार्क बनाउन लागिएको छ । पर्यटन क्षेत्रको विकासका लागि सामुदायिक वन भित्र वनस्पति पार्क बनाउन थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।यसै क्रममा बिहीबार भिम बगैचाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश वन तथा भु संरक्षण मन्त्रालय, राप्ती गाउँपालिका र डिभिजन वन कार्यालय लमहीको संयुक्त पहलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा लुम्बिनी प्रदेश वन तथा भु संरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले तत्काल सानो बजेट बाट हरित पार्क बनाउन सुरू गर्ने बताएका छन् । त्यसका लागि स्थानीय सरकार र सामुदायिक वनको सहयोग आवश्यक रहेको बताए ।

अनुगमनमा लुम्बिनी प्रदेश वन तथा भु संरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्की, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, २ नम्बर वडाका निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, कृषि अधिकृत दामोदर भण्डारी, पशुसेवा प्राविधिक शेरबहादुर हमाल, डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री, आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियो ।