त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिद्वारा १० लाखको दुर्घटना बिमा लागु

साउन १३, २०७९


शरद रेग्मी दाङ, १३ साउन त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिद्वारा १० लाखको दुर्घटना बिमा लागु गरिसकेको छ । प्रालि भित्रका सबैको नाममा दुर्घटना बिमा गरिएको छ । मृत्यु भएमा दश लाख र घाईते भएको खण्डमा तिनलाख सम्मको दुर्घटना बिमा गरेर यातायात क्षेत्रमा काम गर्ने हरुलाई प्रोत्साहन र उनिहरुको जिवनको सुरक्षा गर्न बिमा योजना अगाडी ल्याईएको हो । प्रालिमा सञ्चालनमा आएका गाडि धनि, कर्मचारि र मजदुरहरु जो सुकैलाई उपचार खर्च समेत दिन सुरु गरेको प्रालिका अध्यक्ष शुरेस हमालले जानकारी दिनुभयो । उपचार खर्च ३ लाख देखि ५० हजार सम्म ।

त्यसैगरि त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लिले आफ्ना मजदुर, कर्मचारि र ब्यबसायिहरुलाई उपचार खर्च बाफत (क्यान्सर र किडनिका बिरामिहरुलाई) ५० हजार उपलब्ध गराउने निर्णय गरेको प्रबन्ध निर्देशक पुस्कर धितालले जानकारी दिनुभयो । त्यसै गरि निरन्तर एक बर्ष सम्म गाडि चलाउने मजदुर र गाडि धनिहरुको निधन भएमा पनि प्रालिले २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । चार दशक देखि दाङ जिल्लालाई मुख्य केन्द्र बनाएर देशभर यातायात सेवा प्रदान गरदै आएको पुरानो राप्ति समिति रुपान्त्रण भएर त्रिसिद्देश्वरि यातायात प्रालिले आफ्ना यात्रुहरुको सुबिधालाई थप बलियो बनाउन भन्दै पाच लाख सम्मको बिमा समेत उपलक्ष्य उपलब्ध गराईएको प्रालिका सचिब प्रकाश भट्टले बताउनु भयो ।