प्रतिष्ठानमा आइपुग्यो १० वटा डाइलाशिस मेसिन

साउन १३, २०७९


घोराही, १३-साउन

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १० वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार प्रतिष्ठानमा १० वटा डाइलाशिस मेसिन पठाइ दिएको हो । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलाशिस मेसिन आइपुगेको अस्पतालले जनाएको छ ।

नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा प्रतिष्ठानले दिने अस्पतालका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए । दुई सिफ्टमा चलाईएको डाइलाशिस मेसिनबाट २४ जना मृगौला पीडित बिरामीले सेवा पाईरहेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालयले हाड़जोर्नी शल्यक्रियाको लागि शल्यक्रिया कक्षमा मेसीन पनि प्रतिष्ठानमा CArm X-ray आईपुगेका छन् । प्रतिष्ठानका डिन डा सागर पन्थीले यो मेसिन आएपछि हाडजोर्नी विरामीको लागि उपयोगी र अप्रेसन गर्दा हड्डी जोडिएको बारेमा अप्रेसन कक्षमा एक्सरे गरेर हेर्न मिल्ने बताए ।