उद्यमी बनौ, जीवन असहज छैनः ब्यवसायी चौधरी

साउन १४, २०७९


तुलसीपुर,१३ साउन । 

थरी–थरीका सपना बुन्दै विदेशिने युवा युवतीको संख्या देशमा बढ्दै गएको छ । विदेशिने युवा युवती मध्य धेरैको आ–आफ्नो समस्या र सपना हुने गरेको पाईन्छ । कतिको सपना पुरा हुन्छ त कतिको अधुरै रहन्छ । यस्तै केहि समय बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया देशमा करिव चार वर्ष बिताएर घर फर्किएका शान्तिनगर ५ काशीपुरका कुमार चौधरीले तुलसीपुर ५ पिपलबोट स्थित चौधरी फेन्सी पसल चलाउँदै आउनुभएको छ । करिव १४ लाख लगानी गरी तीन वर्ष अगाडि फेन्सी पसल सुरु गर्नुभएका चौधरीले पसलबाट सन्तोषजनक रहेको बताउनुभएको छ । विदेशमा दुःख गरी कमाएको पैसाले अहिले आएर आफ्नै गाउँ–ठाउँमा ब्यवसाय गर्न पाउँदा खुशी ब्यक्त गर्नुभयो । प्रायः गाउँघरमा परम्परागत कृषि पेशा गर्ने र केहि गरौँ भने पैसा नहुने भएका कारण पनि धेरै युवायुवती विदेश जाने गरेको उहाँको भनाई छ ।

विद्यार्थीकाल देखि नै परम्परागत कृषि पेशालाई फरक ढंङगले लग्नु पर्ने मान्यता राख्नुभएका उहाँले अहिले कृषि पेशा संगै फेन्सी पसल अगाडि बढाउदै लग्नुभएको छ । फेन्सी पसल संञ्चालनमा उहाँको परिवारले पनि उत्तिकै साथ दिनुभएको छ । घर काम भएको समयमा शनिवार गाउँ जाने र अरु समयमा फेन्सी पसलमा बित्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो,पछिल्लो समय ब्यवसाय कम हुने गरेको छ,तर पनि अहिले सम्म सन्तोषजनक रहेको छ ।
अव ब्यापार हो कहिले बढि हुन्छ । कहिले कम तर पनि आफु विचलित नभएको बताउनुभयो । उद्यमी बनौ, जीवनयापन गर्न असहज छैन, उहाँको भनाई छ ।