प्युठानमा जीप दुर्घटना : एक जनाको मृत्यु, १५जना घाइते

साउन १४, २०७९


दाङ, १४ साउन ।
प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा शनिबार १२ बजेतिर जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका(३ का ३२ वर्षिय गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।