सामाजिक सुरक्षा भत्ता वडा बाट बाड्दै दंगीशरण गाउँपालिका

साउन १६, २०७९


प्रमोद आचार्य । साउन १६, सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला दंगिशरण गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हो । गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात आज वडा न १ देखि शुरु गरेको छ । आज एक औपचारिक कार्यक्रमका बिच पालिका अध्यक्ष सम्भु गिरी, प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि, वडा न १ का वडा अध्यक्ष रमेश भण्डारि लागायतले भत्ता बितरण गरि सामाजिक सुरक्षा भत्ताको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका साथै नब निर्बाचित अध्यक्ष शम्भु गिरीले चुनाबि प्रतिबद्धता गरे अनुसार गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पुरयाएर वितरण गर्ने प्रबन्ध मिलाइएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । दंगिशरणका ३/र ४ न वडा बैंकको नजिकको दुरिमा रहेकाले ५ वटा वडाका लाभग्राहीको NCC बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र वडा न १ को भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ हुने र घण्टौ सम्मा लाइन बस्नु पर्ने भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पुर्यायर वितरण गर्न थालिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले बताउनुभयो । गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले बेहोर्ने जनाएको छ ।

दंगिशरण गाउँपालिकाले कार्यतालिका नै बनाएर आज देखि वडा न १ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अम्मर बहादुर वलिले जानकारी दिनुभयो । उहाका अनुसार १६ गते आज वडा न १ को बाकिमा १७ गते वडा न २ को कौवाघारिमा, २५ गते वडा न ५ को नन्द्रागाउ ,१९ र २० गते वडा न ६ को श्रीगाउमा, २२ र २३ गते वडा न ७ को श्रीगाउमा, २९ र ३० गते वडा न ३ का लागि एनसिसि बैंक बैबाङ बाट, र वडा न ४ का लागि बैंकले अग्रिम रुपमा जानकारि गराउने कार्य तालिका रहेको प्रमुख प्रशासकिय अधिकृत वलिले जानकारि दिनुभयो । एस्तै वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले हेकुलि स्थित एनसिसि विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताउनुभयो । आफुहरु चुनाबका बेलापनि सामाजिक सुरक्षा भत्ता गाउँ गाउमै पुगेर बाड्ने प्रतिबद्धता गरे अनुसार जेष्ठ नागरिकको समस्यालाइ मध्यनजर गर्दै वडा बाट बाड्ने निर्णय गरेको बताउनुभयो ।

वडा न १ का २११ लाभग्राहीलाई वडाबाटै सहज तवरले भत्ता वितरण गरिएको एनसिसि बैंक हेकुलि शाखाका प्रमुख एकराज केसिले जानकारि दिनुभयो । पालिकाबाट हुने हरेक काम कुराहरूलाइ बैंक सङ्ग जोडेर पालिकाको हरेक काममा साथ दिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । दंगिशरण गाउँपालिकाले बैंकको पहुच देखि टाढा रहेका ५ वटा वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरिले बताउनुभयो ।