विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पोशाक निशुल्क

साउन १६, २०७९


साउन १६, दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयले विद्यालयमा भर्ना हुन आएका सवै नयाँ विद्यार्थीलाई पोशाक निशुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीहरुलाई पोशाक निशुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । पोशाकको कपडा र सिलाई समेत गरी सरदर एक जना विद्यार्थीलाई एक हजार दुइ सय रुपैयाका दरले पोशाक वाापत सहयोग गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

यसैबिच आज विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडा अध्यक्ष रमेशकुमार पाण्डे र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले सम्युक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडा सदस्य माधव श्रेष्ठ, विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ लगायतकाले वडा कार्यालयले पोशाक निशुल्क रुपमा प्रदान गर्ने कार्यले विद्यार्थीहरुलाई सहयोग मिलेको बताउनु भएको थियो । सिलाएर तयार भइ आएका विद्यार्थीलाई पोशाक बितरण शुरु गरिएको र यो केहिदेखि जारी रहने विद्यालयले जनाएको छ ।