अपांगता भएका ब्यक्तिका लागि सिपमुलक कार्यक्रममा जोड दिने अध्यक्ष गिरीको भनाइ

साउन १७, २०७९


प्रमोद आचार्य । साउन १७, अपाङ्गता भएका ब्यक्तिहरु तथा नब निर्बाचित जनप्रतिनिधि हरुका लागि अपांग अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउपालिकामा सम्पन्न भएको छ । राप्ति बहिरा संघ दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । स्थानिय तहमा अपांगता सम्बन्धि अधिकार र त्यसको कार्यान्वयनमा सरोकारवाला र कर्मचारी बिच समन्वायत्मक स्थिति श्रीजना गर्न पनि अभिमुखिकरणले सहयोग गर्ने राप्ति बहिरा संघ दाङका निर्देशक प्रतिमा शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अपांग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाङ्गिले अब बन्ने स्थानीय तहहरु अपाङ्ग मैत्री हुनु पर्ने र स्थानीय तहरुले अपांग समबन्धि छुट्टै कार्यबिधि बनाएर अपाङ्ग समबन्धि कार्यक्रमहरुमा जोड दिन आग्रह गर्नुभयो । यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले अपांगता भएका ब्यक्तिहरु जस्ले ग, घ कार्ड पाएकाछन तेस्ता ब्यक्तिका लागि आयआर्जन तथा सिपमुलक कार्यक्रममा जोडेर अगाडि लैजाने बताउनुभयो । कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलि , शिक्षा शाखा प्रमुख बिनोद अधिकारि, वडा अध्यक्षहरु, लगायतले आ अफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण अपांग अभियानता बसन्ति वलिले गर्नुभएको थियो ।