चुनावबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

साउन १८, २०७९


साउन १८, सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता उपस्थिति छन ।