स्थानिय सरकारको बढ्दो निगरानीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार ।

साउन १८, २०७९


प्रमोद आचार्य, साउन १८ । प्रबेशिका परिक्षा २०७८ को बार्षिक नतिजा प्रकाशित सङ्गै बार्षिक नतिजाले दंगीशरण गाउँपालिकाको शिक्षाको गुणस्तरमा सुधार भएको बुझिएको छ । शिक्षाको गुणस्तर वृद्धिमा लागिपरेको गाउँपालिकाले क्रमस शिक्षामा सुधार ल्याइरहेको अहिलेको प्रबेशिका परिक्षाको नतिजा बाट पनि प्रस्ट हुन्छ । २०७८ को प्रबेशिका परिक्षामा दंगीशरणका सामुदायिक विद्यालयबाट ३१७ जना छात्र छात्रा हरु सहभागी थिय । जस अन्तर्गत ४ वटा सामुदायिक बिधालय र २ वटा सस्थागत बिधालयका गरि कुल ३१७ जना छात्र छात्रा सम्मीलित भयकाहुन । जस अनुसार सामुदायिक तर्फ माबि मधपुरका ॠशिराज कुसारि ३.६ जिपिए प्राप्त गर्दै पालिका प्रथम भएकाछन भने ३.५ जिपिय प्राप्त गर्दै बिरेन्द्र माबि हेकुलिका रन्जिता चौधरि पालिका दितिय भएकाछन। ।एस्तै सस्थागत बिधालयतर्फ ३.७५ जिपिय प्राप्त गर्दै ज्ञानोदय इङलिस स्कुल सरुवा डाडाका शिशिर डागि र प्रकाश कुसारि पालिका प्रथम भएकाछन भने ३.६५ जिपिय प्राप्त गर्दै ज्ञानोदय ईंग्लिश स्कुल सरुवाडाडाका गितान्जलि शाह र मनिष घर्ति पालिका द्वतिय भएका छन । यस्तै ३.३६ जिपिय प्राप्त गर्दै सिद्वपृथ्वी जनता माबि श्रीगाउँका निरज देबकोटा विद्यालय प्रथम भएकाछन । गत बर्षको दगीशरणको सामुदायिक बिधालयहरुको नतिजा र यस बर्षको नतिजालाइ तुलनात्मक रुपमा हेर्ने हो भनेपनि यस बर्षको नतिजाले आफुहरु खुसि भएको बताउनुहुन्छ दंगीशरण शिक्षा शाखा प्रमुख बिनोद अधिकारि । एस्तै नब निर्बाचित गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु पनि शिक्षा क्षेत्रबाट यहाँसम्म आइपुगेको स्मरण गर्दै शिक्षा क्षेत्रको बिकाश भएमात्र अरु क्षेत्रको बिकाश सम्भब हुने भएकाले पनि आफुले शिक्षा क्षेत्रलाइ बिशेष प्राथमिकतामा राखेको बताउनुभयो । दंगीशरण गाउँपालिकामा रहेका सस्थागत र सामुदायिक बिधालयमा जम्मा ४८०० बिधार्थि रहेकोमा जस अन्तर्गत सामुदायिक बिधालयमा ३४३८ बिधार्थि अध्ययनरत छनभने सस्थागत विद्यालयतर्फ १३६६ विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखा दंगीशरणका प्रमुख बिनोद अधिकारिले जानकारि दिनुभयो । सभ्य र अनुशासित समाज निर्माणका लागि पनि शिक्षाको गुणस्तरमा वृद्धि हुनुपर्ने बताउनुभयो । एस्तै सामुदायिक बिधालय प्रति अभिभावकको बिश्वास बढाउन शिक्षक अभिभावक विद्यार्थी र जनप्रतिनिधि बिच समन्वयकारि भुमिका हुनुपर्ने बताउनुभयो ।