१ बजे मन्त्रिपरिषद बैठक बस्दै, मंसिर ४ निर्वाचनको मिति घोषणा हुन सक्ने

साउन १९, २०७९


साउन १९, संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।