दाङमा रबि लामिछानेको पक्षमा उर्लिए युवा

साउन २०, २०७९


दाङ, २० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला आज दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेको उपस्थितीमा घोराहीको होटल माला इनमा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश बिगार्ने काम गरेको आरोप लगाउनुभयो । वर्षौ पार्टीहरुले आफ्नो र आफन्तको भलो हुने काम मात्र गरेको र नागरिकको पीडा भने अहिले पनि ज्यूकात्यहि रहेको भनाई राख्नुभयो ।

आफ्नो पार्टीको कुनै सिद्धान्त, विचार नरहेको भन्दै ५–६ वर्षसम्म नागरिकका दुःख सुनेको र त्यहि दुःख नै आफ्नो सिद्धान्त विचार भएको बताउनुभयो । आफूले देखेको नागरिकको आँसु दुःख र त्यहि दुःखहरुको अन्त्य गर्ने काम आफ्नो पार्टीले गर्ने उहाँको भनाई थियो ।

यस्तै पार्टीका प्रवक्ता डा। मुकुट ढकालले दाङ देशकै दोस्रो राजधानी हुने स्थान भएपनि यस ठाउँलाई दाङका नेताहरुले ठगेको बताउनुभयो । यस्तै मेरो कल्पनाको देश विषयमा दाङका नरबहादुर डाँगी, पदम पुन, पार्वती नेपाली, शिलाकुमारी केसी, तेज विक्रम वली, सन्तोष परियार, अन्जु अधिकारीलगाएले बोल्नु भएको थियो ।