समृद्ध समाज दंगीशरणको आयोजनामा घुम्तिकोष बितरण सम्पन्न

साउन २१, २०७९


प्रमोद आचार्य, साउन २१। द डेभलपमेन्ट फण्डको सहयोग, सहकर्मी समाज नेपालको सहजीकरण, तथा समृद्ध समाजको आयोजनामा ३ दिने लघु उधम बिकास सम्बन्धि तालिम दगीशरणमा सम्पन्न भएकोछ । ३ दिन सम्म संचालित लघुउधम बिकाश सम्बन्धि तालिमको समापन अबसरमा आयाआर्जनका लागि घुम्तिकोष कार्यक्रम समेत सम्पन्न गरिएकोछ ।
लघु उधम सम्बन्धि बार्शिक कार्ययोजना तयार गरेका ७ वटै वडा बाट १० जनालाइ जनहि २५ हजारका दरले आयआर्जनमा सहयोग पुगोस भन्ने उदेश्यले बितरण गरिएको सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थिले जानकारि दिनुभयो । घुम्तिकोष बापत बितरण गरिएको रकमबाट उठ्ने ब्याज समेत समुहमा रहने र उक्त रकम अन्य सदस्यहरुलाइ पालैपालो दिइने समेत बताउनुभयो । आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यका साथ सस्थाले विभिन्न प्रकारका सामाग्रीहरु बितरण गरेकोछ । जस अन्तर्गत वडा न १ मा साधना डागिले कुटाउने पिसाउने मिलको प्रायोजनका लागि, वडा न २ का आस्मानि खत्रीले तरकारि खेतिका लाग , वडा न ३ का शान्ता चौधरीले बाख्रापालनका लागि ,वडा न ४ का रबिना चौधरिले भेडापालनका लागि ,वडा न ४ का शिला चौधरिले बङ्गुरपालनका लागि ,वडा न ५ का पार्बति वलिले बाख्रापालनका लागि ,वडा न ५ का जुनु चौधरी तरकारी खेतिका लागि ,वडा न ६ का लिलाधर खड्का खसि बोका खरिद बिक्रिका लागि ,वडा न ७ का आङ्ने चौधरिले बाख्रापालनका लागि ,वडा न ७ का जुगलाल चौधरीले बङ्गुर खोर निर्माणका लागि २५ हजारका दरले प्राप्त गर्नुभएको हो । समृद्ध समाजका अध्यक्ष दिल कुमारि बिकको अध्यक्षता , दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थिको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण समृद्धि समाजका सामुदायिक परिचालाक राजकुमारि चौधरिले गर्नुभएको थियो ।।