एसईई उत्तीर्ण विद्यार्थी लाई बधाई तथा सम्मान

साउन २१, २०७९


तुलसिपुर २० साउन । बाल सहारा ईगलिश वाेडिङ स्कुलले अाज एक कार्यक्रमकाे अायाेजना गरि एस ई ई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेकाे छ । तुलसिपुर ४ वनहरिमा रहेकाे विद्यालयले अाज चखाैरामा वनभाेज सहितकाे सम्मान कार्यक्रमकाे अायाेजना गरेि विद्यार्थीहरुलाई सम्मान गरेकाे हाे ।
विद्यालयका प्रिन्सिपल शालिकराम कार्किकाे अध्यक्षता , नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागिकाे प्रमुख अातित्थ्यता तथा नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गाैतम र तुलसिपुर वडा नम्वर ४ का वडा अध्यक्ष तुलसिराम रानाकाे विशिष्ट अातित्थ्यतामा कार्यक्रम भएको थियाे । साे अवसरमा वाेल्ने वक्ताहरुले ग्रामिन क्षेत्रमा रहेकाे विद्यालयले १२ जनामा ११ जना ए प्लस र १ जना ए जिपिय सहितकाे नतिजा ल्याउनु उल्लेख प्रगति गरेकाे भन्दै प्रशंसा गरेका थिय ।
वक्ताहरुले विद्यालयले दाङ जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै शिक्षक/शिक्षिका, विद्यार्थी र विद्यालय परिवारलाई अागामि दिनमा समेत उत्कृष्ट नतिजा निकाल्नका लागि लागि पर्न सुझाव दियका थिय । साे अवसरमा वडा सदस्य दामाेदर न्याैपाने, अभिभावकहरु तेज प्रसाद भुषाल, प्रकास देवकाेटा, भाईस प्रिन्सिपल रुद्र वस्नेत लगायतकाले वाेल्नु भएको थियाे । कार्यक्रमकाे संचालन विद्यालयका शिक्षक शरद शर्माले गर्नु भएको थियाे ।