स्थानीय पाठ्यक्रम निर्माण गर्दै कपुरकोट गाउँपालिका

साउन २१, २०७९


सल्यान,२१ साउन ।

सल्यानको कपुरकोट गाउंपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । कक्षा एक देखि आठ सम्म स्थानीय पाठ्यक्रम निर्माण गर्ने गाउं शिक्षा समितिले निर्णय गरेको हो ।कक्षा एक देखि कक्षा आठ सम्मको स्थानीय पाठ्यक्रममा कपुरकोटको परिचय,स्थानीय संरचना,कला संस्कृति,परम्परा,रितिरिवाज,भेषभुषा,सेवा प्रवाह,कपुरकोट क्षेत्रमा रहेका धार्मिक सम्पदा, वातावरण , पेसा, व्यवसाय, जनजिबिका लगायतका विषयहरु समाबेश गरिने गाउंपालिका अध्यक्ष तथा गाउं शिक्षा समिति संयोजक दुर्गा बहादुर पुनले बताउनु भयो ।

गउंपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट गाउपालिकामा रहेका सामुदायिक तथा संस्थागत बिधालयमा पढाइ हुने गरी पाठ्यक्रमको कार्यलाई तीव्रता दिइने पुनले बताउनु भयो । स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउंपालिका अध्यक्ष तथा गाउं शिक्षा समिति संयोजक दुर्गा बहादुर पुनको संयोजकत्वमा एघार सदस्सीय स्थानीय पाठ्यक्रम निर्माण समिति समेत बनाइएको छ ।

जसको सदस्यमा गाउंपालिका उपाध्यक्ष प्रकाश भण्डारी, वडा अध्यक्षको तर्फबाट बालाराम खड्का, बिज्ञको रुपमा दामोदर शर्मा,शिक्षक संघ संगठनबाट शयाम कुमार केसी,सामुदायिक बिधालयको तर्फबाट भुपाल शाहु,संस्थागत बिधालयबाट प्रेम भण्डारी,कार्यपालिका सदस्यबाट कमल बि।क र तिला कुमारी बुढा रोका रहनु भएको छ भने सदस्य सचिबमा शिक्षा शाखा प्रमुख सरस्वती भण्डारी रहनु भएको छ । यस्तै कपुरकोट गाउं शिक्षा समितिले पञ्च बर्षिय गाउं शिक्षा योजना निर्माण र नियमित बिधालय अनुगमन गर्ने निर्णय गरेको शिक्षा प्रािबिधिक साहेक रमेश कुमार आचार्यले जानकारी दिनु भयो ।