विजौरी क्षेत्रमा शनिबार पनि पसल खुल्ला हुने

साउन २१, २०७९


बिजौरी, २१ साउन ।
नेपालीहरुका चाडपर्वलाई मध्य नजर गर्दै विजौरी उद्योग वाणिज्य संघले यहि साउन २८ गते शनिबार देखि पसल खुल्ला गर्ने निर्णय गरेको छ ।

संघका कावा अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा वसेको बैठकले शनिबार पनि विजौरी उद्योग वाणिज्य संघको क्षेत्रभरिका पसलहरु खुल्ला गर्ने निर्णय गरिएको संघका महासचिव विदुर गौतमले जानकारी दिनुभएको छ ।

नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु आउदै गरेकोले यस क्षेत्रका ग्राहकहरुलाई सहजताका लागि कार्तिक १९ गतेसम्म शनिबार पनि खुल्ला हुने महासचिव गौतमले जानकारी दिनु भयो ।