जसपा लुम्बिनि प्रदेश पदाधिकारीको बैठकले गर्यो विभिन्न निर्णय

साउन २१, २०७९


कपिलवस्तु, २१ साउन ।

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित जिल्ला समन्वय समितिको प्रतिवेदन भदौ १० गते भित्र मांग गर्ने निर्णय गरेको छ ।

प्रदेश समिति , गा.पा / न. पा र उ म न पा को प्रदेश स्तरीय भेला तथा पुनर्गठन गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लाई लक्षित गरी पार्टी उपाध्यक्ष अब्दुल रशिद खाँको संयोजकत्वम् ७ सदस्य निर्वाचन तयारी समिति गठन गरेको छ । पार्टीको बैठकले निर्वाचन केन्द्रित गतिबिधि बढाउन भदौ दोस्रो साता प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला गर्ने त्यसैगरी भदौ ४ गते समाजबादी महिला भेला नेपालगञ्जमा , भदौ ११ गते समाजबादी युबा भेला दाङको लमही , समाजबादी बिध्यार्थी भेला रुपन्देहीको भैरहवामा भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसका साथै अनुशासन विपरित क्रियाकलापमा संलग्न प्रदेश मुख्य सचिव यज्ञप्रसाद पोख्रेल, प्रदेश उपाध्यक्ष राजकिशोर मिश्रा, प्रदेश सचिव ठाकुर चौधरीलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरिएको छ। साथै पार्टी अनुशासन विपरित क्रियाकलापमा संलग्न २६ जना केन्द्रीय सदस्यहरुलाई कार्बाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको ब्यहोरा अवगत गराईन्छ। बैठकले प्रदेश समितिको आय व्ययको लेखा परीक्षण गराउन पार्टी कोषाध्यक्ष अम्बिका काफ्लेलाई जिम्मा दिईएको छ । जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिएका छन् l