खर्च अनुसार आम्दानी गर्न नसके जीवन कष्टकर हुन्छ

साउन २२, २०७९


तुलसीपुर, २२ साउन ।

खर्च अनुसार आम्दानीका स्रोतहरुमा वृद्धि गर्न नसके मानिसको जीवन कष्टकर हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । पछिल्लो समय खर्चको दायरामा वृद्धि भएपनि त्यसको अनुपातमा आर्थिक आम्दानी नहुँदा मानविय जीवन संकटमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका हुन् । सल्यानको कालीमाटी स्थित चौकीबजारमा भएको उद्यमशिलता विकास सम्बन्धी अभिमुखीकरण तथा संवाद कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

उत्पादन प्रणाली अहिले पनि पुरानै परम्परागत रहेको र मोबाईल, यातायात, इन्टरनेट, विद्युत, लत्ताकपडा, खानपान लगाएतमा खर्च ह्वात्तै बढेर गएकाले जीवन शैली असन्तुलन हुनसक्ने भन्दै स्थानीय उत्पादनसंग जोडिनुको विकल्प नभएको बताएका छन् । अहिलेको खर्चको अनुपातलाई हेर्दा उत्पादनलाई दोब्बरले वृद्धि गर्नुपर्ने बेला भएको उनिहरुले बताए ।

ग्रिन फाउण्डेसनका अध्यक्ष विष्णु केसीको अध्यक्षता एव कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीको प्रमुख आथित्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर घनश्याम पाण्डे, कालीमाटी गाउँपालिका उपाध्यक्ष सहनशीलता वली डाँगी, दंगीशरण गाउँपालिदका पूर्व अध्यक्ष भागीराम चौधरी, ग्रिन फाण्डेसनका कोषाध्यक्ष खुमप्रसाद भण्डारी लगाएतले आ–आफ्ना धाराना राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव सुरेश रावतले गर्नुभएको थियो ।