मेट्रो अस्पतालमा जनशक्ति र भौतिक सामग्री माग

साउन २२, २०७९


दाङ, २२ साउन ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका सचिव लक्ष्मण आचार्यले आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मुक्ति समाज दाङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आचार्यले एकताबद्ध भएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
समाजका जिल्ला अध्यक्ष शंकर नेपालीको अध्यक्षमा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सचिव आचार्यले एमालेले हार्दा देशले हार्ने हुँदा पार्टीको पक्षमा जनमत सिर्जना गर्न लाग्नुपर्ने बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबै एक ठाउँमा जुट्नुपर्ने भन्दै सचिव आचार्यले एमालेले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निष्कर्षमा पुग्न नदिन सबै लागिपरेकाले मुलुकको हीत नचाहने पक्षलाई जनादेशकै बलमा असफल बनाउने बताउनुभयो । कार्यक्रममा बोल्दै दलित अगुवाहरुले पार्टीभित्र समावेशीताको व्यवहारिक कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । सदियौंदेखि पछाडि पारिएको समुदायलाई राज्यको मुल धारमा ल्याउन राजनीतिमा समावेशीताको व्यवहारिक कार्यान्वयन हुनुपर्ने नेताहरुको माग थियो ।

कार्यक्रममा मुक्ति समाजका प्रदेश इञ्चार्ज नन्दु विश्वकर्मा, मुक्ति समाजका सह इञ्चार्ज पुजन विश्वकर्मा, केन्द्रीय सल्लाहकार जितेन्द्रमान नेपाली, नेकपा एमाले दाङा उपाध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बबुढाथोकी, प्रदेश कमिटी सदस्य लिला बिक, एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, जिल्ला सदस्य सरस्वति खत्री, मुक्ति समाजका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, चुर्णबहादुर नेपाली, निर्मला बिक, यमुना परियार, एमालेका जिल्ला सदस्य युवा करारा, समाजका पूर्ण अध्यक्ष टंक विश्वकर्मा, बबई गाउँपालिकाका अध्यक्ष टंकराज विश्वकर्मा, लगायतले बोल्नुभएको थियो । एमालेले सुरु गरेकोे प्रशिक्षण कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमबहादुर बिश्वकर्माले गर्नुभएको थियो ।