नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको बैठक सुरू

साउन २३, २०७९


साउन २३, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको तेसो पूर्ण बैठक दाङको लमहीमा सुरू भएको छ । नयाँ केन्द्रीय कमिटीको जिम्मेवारीपछि बसेको पहिलो बैठकमा आगामी चुनावी रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा प्रदेश कमिटीका सदस्य, लुम्बिनीबा केन्द्रमा प्रतिनिधित्व गरेका प्रभावशाली नेतासहित पाँच सयभन्दा बढी सहभागी छन् ।

प्रदेश कमिटी सचिव कृष्ण घिमिरे ‘प्रकाश’ स्थानीय निर्वाचनको समीक्षा, मंसिर ४ को चुनावको रणनीति र कार्ययोजनामा केन्द्रित हुने बताउँछन् । बैठकमा नेता कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’ आइसकेका छन् । वर्षमान पुन र ओनसरी घर्तीलगायत सहभागी हुने आयोजकले बताएको छ ।