ईलेक्ट्रोनिक काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

साउन २३, २०७९


तुलसीपुर,२३ साउन । 

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला आरुघाट घर भइ हाल दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्ण बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आइतबार दिउँसो साढे ४ बजे दंगीशरण गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा ईलेक्ट्रोनिक काम गर्ने क्रममा करेन्ट लागेर विक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका बिकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोहि दिन बेलुका ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।