तुलसीपुरमा आज मंगलबार बालबालिकालाई खोप लगाउने

साउन २४, २०७९


तुलसीपुर,२४ साउन ।

 आज मंगलबार तुलसीपुरमा पाँच बर्षदेखि १२ बर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको अन्तिम खोप लगाइने भएको छ ।

पहिलो वा दोस्रो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन लागिएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज मंगलबार भ्याली स्टार स्कुल, हिमाल बोडिङ, ज्ञानज्योति, पिस पायोनिर, सरस्वती, लक्ष्य, डिभाइन मन्टेश्वरी मा गएर खोप लगाउन सकिने छ । यस्तै गरी ग्रेट अरनिको, किड्स वल्र्ड, आइडियाल बोर्डिङ स्कूलमा र्गर पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाउने ब्यबस्था गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रबद्र्धन शाखाका फोकल पर्सन बिमल केसीले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई विद्यालयमा लगेर खोप लगाउन सबै अभिभावक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।