तुलसीपुरमा हाल सम्म ५ देखि १२ बर्ष उमेर समुहका २५ हजार बढि बालबालिकालाई खोप प्रदान

साउन २४, २०७९


तुलसीपुर, २४ साउन ।

 तुलसीपुरमा हिजो र आज गरी पाँच बर्षदेखि १२ बर्ष मुनिका ५ हजार ९ सय ३६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाइएको छ । उपमहानगरपालिकामा हालसम्म २५ हजार ४ सय १५ जना बालबालिकालाई दोस्रो मात्राको खोप लगाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थय प्रबद्र्धन शाखाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज मंगलबार भ्याली स्टार स्कुल, हिमाल बोडिङ, ज्ञानज्योति, पिस पायोनिर, सरस्वती, डिभाइन मन्टेश्वरीमा खोप लगाइएको छ । यस्तै गरी ग्रेट अरनिको, किड्स वल्र्ड, आइडियल बोर्डिङ स्कूल गरी १० वटा विद्यालयबाट खोप लगाइएको हो । दोस्रो मात्रा खोप लगाउन छुटेका बालबालिकाहरुलाई भोली विहान ११ वजेदेखि ३ वजेसम्म भिमसेन मेट्रो अस्पताल अस्वारामा लगाइने भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकालाई भोली मेट्रो अस्पतालमा गएर खोप लगाउन सवै अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।