राप्ती प्रादेशिकमा छलफल, शौचालयको चुक्कुल समेत छैन !
तुलसीपुर, २५ साउन ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवा प्रवाह बारे सरोकार वालाहरुको सुझाप कार्यक्रम सम्पन्न भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ब्यवस्थापन विकास समितिको आयोजनामा उक्त कार्यक्र भएको हो । अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालले दिदै आएको सेवा प्रवाह र अस्पतालको ब्यवस्थापन बारे उपस्थित सहभागीले आ आफ्नो धारणा र सुझाब राखेका थिए ।
अस्पतालले नागरिकलाई दिनु पर्ने सेवा भर पर्दो र विश्वसनिय नहुदा नकारात्मक कुराले प्राथमिकता पाएको बताएका छन । सामान्य उपचार सेवा लिनका लागि पनि बिरामी जिल्ला बाहिर जानु पर्ने बाध्यता भएको र उपचारका लागि अस्पताल आएपनि विभिन्न कारण देखाउदै रिफर गर्ने प्रचलनले अस्पतालले दिने सेवा प्रतिको विश्वास गुम्दै गएको बताएका छन । अस्पताल भित्र सौचालयको सरसफाई छैन, चुक्कुल समेत नभएको अवस्था छ, किन भनेर प्रश्न समेत गरेका थिए । टिपोट गर्नु भन्दा पनि काम गरेर देखाउनु पर्ने प्रवृतिको विकास हुन पर्ने कुरामा सहभागीको जोड थियो ।
सो अवसरमा उद्योग बाणिज्य संघ तुलसीपुरका महासचिव बिनिल केसी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुशिल बस्नेत,उद्योग बाणिज्य संंघ तुलसीपुरका पुर्व अध्यक्ष बिमल रिजाल,चेम्बर अफ कमर्सका महासचिव प्रेम गीरी, ब्यवसायि मिनराज भण्डारी, स्वास्थ्यकर्मी दोर्ण वली, पत्रकार गणेश आचार्य, जित सागर जिएम लागाएतले धारणा राख्नु भएको थियो ।