बार्षीक उत्सबको अवसरमा रक्तदान

साउन ३०, २०७९


तुलसीपुर, ३० साउन ।
नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षीक उत्सबको अवसरमा आज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बार्षीक उत्सबको अवसरमा कार्यालय परिसरमै एक औपचारीक कार्यक्रमको आयोजना गरी रक्तदान गरिएको हो । कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको अधक्ष्यता तथा तुलसीपुर उपमहानगर पालिका वडा नं। ७ का वडा अध्यक्ष राम बहादुर जि।सी।को प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बिपद ब्यबस्थापन गुल्म,जि।प्र।का। दाङ लगायत प्रहरी कार्यालयहरूमा कार्यरत ४२ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए । सो अवसरमा रक्तसञ्चार सेवा केन्द्रका तुलसीपुरका प्रमुख नरेश चौधरी, पूर्ब प्रहरी कर्मचारी संगठन तुलसीपुरका अध्यक्ष खुसल वहादुर आले लगायतले मन्तब्य राख्नु भएको थियो ।

अरुको जिबन वचाउने जस्तो पबित्र कामको लागी रक्तदान गरेकोमा बक्ताहरूले रक्तदाताहरू प्रती प्रशंसा गरेका थिए । कार्यक्रमक सहजिकरण लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान घनश्याम बुढाथोकीले गर्नु भएको थियो ।