रोटरी क्लब अफ तुलसीपुरले ल्यायो मोटर साईकिल एम्बुलेन्स, सेवा निशुल्क हुन्छ : अध्यक्ष केसी

भदौ ०२, २०७९


शरद रेग्मी । भदौ २, रोटरि क्लब अफ तुलसीपुरले मोटर साईकिल एम्बुलेन्स सञ्चालनमा ल्यएको छ । बजार क्षेत्रका बिरामिहरुको सेवा र छिटो छरितो सेवा प्रबाहका लागि मोटरसाईकल एम्बुलेन्स सुरु गरेको क्लबका अध्यक्ष यज्ञबहादुर केसिले जानकारी दिनुभयो । बिहिबार एक कार्यक्रमका बिच एम्बुलेन्स ब्यबस्थापनका लागि तुलसीपुर सिटि अस्पताललाई जिम्मा दिईएको छ । क्लबका अध्यक्ष यज्ञबहादुर केसि, पुर्ब अध्यहरु कुशल तर्ताल, बिमल रिजाल, शुरेस हमालले एक कार्यक्रमका बिच सिटि अस्पतालका निर्दशक हेमराज बस्नेतलाई हस्तान्त्रण गरिएको हो । सो अबसरमा बिभिन्न पेशामा आबद्द रहेका नबिन राई, हेमेन्द्र खडका, पकज शर्मा, डाक्टर भुबनेश्वर भुषाल, मुकुन्द रिजाल लाई रोटरि क्लबमा नया सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण महासचिव मनोज बस्नेतले गरेका थिय ।