बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत-३’को दोस्रो टिजर रिलिज

भदौ ०३, २०७९


युवास्टार प्रदीप खड्काको मुख्य भूमिका रहेको वर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को दोश्रो टिजर हिन्दी र नेपाली भाषामा सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नेपालीमा ओएसआर डिजिटल र हिन्दीमा जी म्यूजिक कम्पनीबाट चलचित्रको टिजर रिलिज गरिएको हो ।

सार्वजनिक टिजरमा नायक प्रदीप खड्कालाई अघिल्लो टिजरमा जस्तै एक्सन अवतारमा देखाइएको छ । टिजरमा नायिका कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत लगायतलाई पनि देख्न सकिन्छ । आगामी असोज ७ गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने धेरैको अपेक्षा रहेको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार, चलचित्रको नेपाली र हिन्दी भर्सनको ट्रेलर आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गते एकसाथ सार्वजनिक हुनेछ ।

नेपाली चलचित्र हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली चलचित्र हो ।स्व. छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन रहेको चलचित्रमा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको पनि अभिनय छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

नेपाली टिजर
हिन्दी टिजर