मौसम पूर्वानुमानमा नयाँ प्रविधिको प्रयोग बढ्दै

भदौ ०६, २०७९


काठमाडौं, ६ भदौ । मौसम पूर्वानुमानमा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको भए पनि जनशक्तिको भने अभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सन् १९५३ मा भारतीय कम्पनीले व्यापारिक हवाई सेवा सुरु गरेपछि भारतीय मौसम विज्ञान विभाग कलकत्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय स्थापना गरेको थियो । त्यसैबाट अन्तर्राष्ट्रिय हवाई उडानका लागि मौसमी सूचना दिन थालेकामा नेपालले भने १५ वर्षपछि मात्रै मौसम पूर्वानुमान गर्न सुरु गरेको थियो । सन् १९७० देखि हवाई उडानलाई चाहिने मौसमी तथ्याङ्कका साथै आम मानिसलाई पनि काम लाग्ने पूर्वानुमानको सुरुवात गरिएपछि मौसम पुर्वानुमानप्रति नागरिकको विश्वास बढ्दै गएको छ । सुरुवाती दिनमा मौसमविद्ले परम्परागत प्रविधि मार्फत मौसमको भविष्यवाणी गर्ने गरेकाले पूर्वानुमान मिल्न गाह्रोहुने भएकाले सबैले विश्वास गर्दैन थिए । इन्टरनेटको विकाससँगै अरु देशले सञ्चालन गरेका स्याटेलाइटका सेवा नेपालले पनि लिन सक्ने भएपछि मौसम पूर्वानुमान मिल्नेक्रम बढ्दैगएको छ । अवलोकन कक्षबाटै जोमसोम, सिमकोट, जनकपुर, सुर्खेतलगायतका १७ वटा ठाउँको मौसमी क्यामेरामा हेरेर पनि पूर्वानुमान गरिनेवरिष्ठ मौषमविद् वरुण पौडेलले बताउनुभयो । देशभरको लागि मौसम पूर्वानुमान गर्नका लागि २८ भन्दा बढी ठाउँमा अध्ययनको संयन्त्रहरू राखिएका छन् तर यो पर्याप्त छैन । साथै सबै क्षेत्रमा गरी ११ जना मात्र जनशक्ति भएकाले समस्या हुने गरेको मौसमविद्को गुनासो छ । सीआईएनबाट साभार गरिएको हो ।