आफ्नै टिप्परमा आगजनी गर्ने गाडीधनी सहित ३ जना पक्राउ

भदौ ०७, २०७९


तुलसीपुर, ७ भदौ ।

दाङमा बन्दको नाममा टिप्परमा आगजनी गरेको आरोपमा गाडी धनी सहति ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ निबासी ४३ बर्षका धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका–८ पीपरी निबासी ३२ बर्षका अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर निबासी १७ बर्षका सहचालक आकाश चौधरी रहेका छन् ।

पक्राउ परेका गाडीधनीले टिप्पर पुरानो भएर जिर्ण भएका कारण बिमादाबी गर्न आगजी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको मौका पारेर उनिहरुले घोराही –लमही सडकको बबई पुल नजिकै रा१ख १६९४ नम्बरको टिप्परमा बिहान ५ बजे आफै आगजनी गरेका थिए । टिप्परमा डिजेल खन्याएर आगो लगाए लगत्तै उनिहरुले लमही जाँदै गरेको टिप्परमा बन्दकर्ताले आफुलाई सिटबाट ओरालेर आगो लगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबर गरे लगत्तै गएको प्रहरी टोलीले घटना संकास्पद भएपछि अनुसन्धान सुरु गरेको थियो ।