गुणस्तरीय औषधि सेवनको नसैर्गिक जनअधिकार रक्षाका लागि सरकार प्रतिवद्ध : राज्यमन्त्री केसी

भदौ ११, २०७९


तुफानबाबु श्रेष्ठ

काठमाडौं, ११ भदौ ।

औषधिका थोक व्यवसायीहरुको संगठित संस्था नेपाल औषधि थोक व्यवसायी संघको राजधानीमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई संवोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले गुणस्तरीय औषधि सेवन गर्न पाउनुपर्ने जनताको नसैर्गिक अधिकारको रक्षाका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ। साथै उहाँँले औषधि भन्ने वित्तिकै जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल रहेको जनाउ सहित औषधि व्यवसाय मर्यादित एवम् जनउत्तरदायी हुनु पर्नेमा विशेष जोड दिनुभएको छ। त्यस्तै पछिल्लो समय औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका कारण यसको तत्काल निरुपणका लागि सरकार प्रतिवद्ध रहेको भन्दै राज्यमन्त्री केसीले सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने नागरिकको अधिकारलाई अक्षुण्ण राख्न सरकार प्रतिवद्ध रहेको धारणा समेत व्यक्त गर्नुभयो। राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले राज्यले औषधि उत्पादन क्षेत्रका लागि विभिन्न मितिमा गरेको नितिगत निर्णय अक्षरस कार्यान्वयन गर्ने हो भने स्वदेशी औषधि उत्पादनको क्षेत्रमा नयाँ फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभएको छ। यद्यपी अनेकन प्रतिकुलताका वावजुद पनि नेपाल औषधि उत्पादक कम्पनीले करिव ७५ प्रतिशत औषधि उत्पादन गर्दै आएको र यसलाइ बढोत्तरीका लागि मौजुदा सरकारी नितिमा विद्यमान दफागत निति परिवर्तनको आवश्यकता रहेको बताउनुभयो। यस्तैगरी नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले मन्त्रिपरिषदको निर्णय अनुसार प्रविधीजन्य स्वास्थ्य सामाग्रीको गुणस्तरको नियमन गर्न औषधि व्यवस्था बिभागलाई दिएको कार्यादेश ५ बर्षसम्म पनि कार्यान्वयन नहुँदा बिरामीहरुले गुणस्तरहीन सामाग्रीको प्रयोग गर्नु पर्ने वाध्यता विद्यमान रहनुको अलावा यस्ता सामाग्रीको प्रयोगबाट बीरामीको जीवन समेत जोखिममा रहेका पक्षमा राज्यको ध्यानाकर्षण सहित गुणस्तरहिन प्रविधीजन्य स्वास्थ्य सामाग्रीको विक्रि वितरण सहित जनस्वास्थ माथि खेलवाड गर्दै आइरेहेका सामाग्रीका व्यवसायी र उद्योगमाथि नियमनको आवश्यकता औल्याउँनुभयो। त्यस्तै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा, फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धर महासचिव गणेश नेपाल, राष्ट्रिय प्रयोगशालाका निर्देशक पान वहादुर क्षेत्री, संघका लुम्विनी प्रदेश अध्यक्ष शालिकराम आर्चाय, दाङ शाखाका अध्यक्ष शेषकान्त ढकाल लगायतका वक्ताले धारणा व्यक्त गर्नुभएको महाधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले राज्यको नियमक निकायले औषधि बजारमा प्रदर्शन गर्दै आएको उदासिन प्रवृतिका कारण यो वा त्यो नाममा अनेकन विकृतिले प्रशय पाएको जनाउ सहित नियमक निकायको गैरजिम्मेवारीपन यस क्षेत्रमा विद्यमान समस्याको कारक रहेको बताउनुभयो। यसैवीच संघले ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै व्यवसायीक जगतमा नयाँ आयाम कोर्ने प्रतिवद्धता व्यक्त गरेको छ। संघले प्रथम राष्ट्रिय महाधिवेशन पछि जारी काठमाडौं घोषणापत्र मार्फत अभिव्यक्त प्रतिवद्धता मध्ये औषधिको मूल्यमा रहेको असमानतालाइ व्यवस्थित गरि तहगत मुनाफालाइ एकरुपतमा ल्याउन सरोकारवाला निकायसंग छलफल सहित औषधिमा हुँदै आएको उधारो कारोवारलाइ नगदमा परिणत गर्न उच्च पहलकद्मी लिने प्रतिवद्दता र डि फार्मेसीको अध्ययन र अनुसन्धनालाइ थप प्रभावकारी बनाउँन संघ देखि मोफसलका प्रत्येक स्थानीय तहका सामुदायिक विद्यालय लक्षित हुँदै अध्ययनको व्यवस्था मिलाउन राज्यलाइ दवाव सिर्जना गर्ने कार्ययोजना आफैमा महत्वपूर्ण रहेको छ। त्यस्तै घोषणापत्रमा उल्लेख बुँदा मध्ये औषधिको कारोवारमा रहेको ट्रेड र टेण्डर प्रक्रियामा विद्यमान फरक प्रकृति अन्त्यका लागि पहलकद्मी लिदै जनताको औषधिमा सहज पहुँचका लागि आवश्यक सम्पूर्ण निति अख्तियार गर्ने सोच आफैमा सकारात्मक रहेको छ। साथै नेपाली औषधिको थोक बजारमा रहेको अनेकन समस्याको सुक्ष्म अध्ययन गर्दै औषधि वजारमा व्यवसायीक मर्यादा कायम गर्दै मुलुकको सातै प्रदेशमा प्रादेशिक संरचना सहित करिव ४७ सय भन्दा बढि संघ आवद्ध थोक औषधिका व्यवसायी क्रियाशील रहेको थोक औषधि व्यवसायीको संगठित संस्था नेपाल औषधि थोक व्यवसायी संघले महाधिवेशन मार्फत व्यवसायीको क्षमता अभिवृद्धि, व्यवसायी अभिुखिकरण कार्यक्रमसंगै अस्वस्थ्य प्रतिस्पर्धा कम गर्न सचेतना कार्यक्रम, व्यवसायीक कारोवारलाइ ६० दिन भित्र कायम गरि ९० दिनमा १.५ प्रतिशतका दरले व्याजवापत रकम उपलब्ध गराउने नितिको कार्यान्वयन र सरकारी निकायले अवलम्बन गरेका औषधि सम्बन्धी नितिलाइ व्यवस्थित र बैज्ञानिक ढंगले कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने लगायतका घोषित कार्यक्रमले औषधि जगतमा नयाँ आयाम सिर्जना हुने विश्वास बढेको सरोकारवालाहरुको दावी रहेको छ। त्यसैगरी महाधिवेशनले आगामी ३ वर्षको लागि नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिबराज बास्कोटाको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। निर्वाचित केन्द्रीय समितिको उपाध्यक्षद्दयमा श्रीराम पराजुली र माधब अधिकारी त्यसैगरी महासचिबमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा विनोदप्रसाद ढकाल रहनु भएको छ भने केन्द्रीय सदस्यमा क्रमस राजेन्द्र थापा, सुनिल बैध, शरदराज शर्मा, सुजन श्रेष्ठ, प्रेमनाथ खत्री, उमेश शर्मा, चन्द्रसिंह चौधरी, गोपाल अधिकारी लगायत रहनु भएको छ। कार्यक्रमको सहजिकरण संघका नवनिर्वाचित केन्द्रिय सचिव सुरज पौडेलले गर्नुभएको थियो।