कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

भदौ १४, २०७९


काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।’
उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यस वर्षको परीक्षामा देशभरबाट ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।