क्षेत्र नं ३ (ख) मा एमालेबाट ३ जनाको नाम सिफारिस
भदौ १८, २०७९

तुलसीपुर, १८ भदौ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि क्षेत्र नं. ३ (ख)बाट एमालेका ३ जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमाले क्षेत्र नं. ३ (ख) का संयोजक यमएन शाहको अध्यक्षतामा बसेको उम्मेदवार सिफारिस समितिले एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, जिल्ला सदस्य मेघराज भुसाल र एमाले नेतृ धमकली चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सर्वसहमत नाम सिफारिस गरेको हो ।