दाङमा धान कुट्ने मिलको फितामा परेर बालक घाइते

असोज २७, २०७९


तुलसीपुर, २७ असोज । 

दाङमा धान कुट्ने मिलको फितामा परेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी दशीराम चौधरीका ११ वर्षीय छोरा अभिशेक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभएको छ ।

घरको नजिकै धान कुट्दै गरेको मिलमा खेल्ने क्रममा बिहीबार बिहान १० बजेको समयमा मिलको फितामा पर्दा बालकको दाहिने हात फ्याक्चर हुनुका साथै शरीरमा चोट लागेको प्रहरीले बताएको छ । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।