माेटरसाईकलको ठक्करबाट दाङमा बालकको मृत्यु

असोज २८, २०७९


तुलसीपुर २८ असाेज । 

पश्चिम दाङमा मोटरसाईकलको ठक्करबाट ४ बर्षका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनी निबासी केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा७प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–२ निबासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना खैरेनिमा पौने पाँच बजे भएको थियो ।