मतदाता भन्छन् :गाउँमा विकास गर्नुस्

असोज २९, २०७९


दाङ,२९ असोज ।
निर्वाचनको दिन नजिक आउदै गर्दा दलले प्रचार प्रसारको कामलाई गाउँ केन्द्रीत गरेका छन्। स–साना सभा सम्मेलन देखि ठुल ठुला सभाहरु पनि दैनिक रुपमा गाउँ घरमा हुदै आएका छन्। तर धेरै सर्वसाधारणले प्रचारका लागि गाउँ पुग्ने उम्मेदवारसंग विकासका योजना माग गर्ने गरेका छन् । यसै क्रममा बामगठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (क) को सम्पर्क कार्यालय चौघेरामा स्थापना गरिएको छ ।

त्यस अबसरमा बोल्ने अधिकासं सर्वसाधारणले सडक,खानेपानी , पुर्वाधार निर्माणको योजनाहरु माग गरेका थिए ।
कार्यालयको उद्घाटन दाङ क्षेत्र नं. २ का प्रतिनिधी सभासदस्यका उमेदवार रेखा शर्मा र २ (क) का उम्मेदवार राजु खनालले उद्घाटन गर्नु भएको हो ।

सचिवालयको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्माले देशमा ठुला–ठुला परिवर्तन आवश्यक परेका बेला दलहरुबिच गठबन्धन हुने गरेको उल्लेख गर्नुभयो । देशलाई अप्ठ्यारो पर्दा काँग्रेस र माओवादीले निकास दिने भन्दै यस पटकको निर्वाचनमा गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो।

त्यस अबसरमा दाङ २ (क) का उम्मेदवार राजु खनालले गरिव, महिला ,दलितको अधिकार संविधानबाट हटाउनेका बिरुद्ध गठबन्धन भएको बताउनु भयो । यो भेगमा खानेपानी, सिचांई ,सडकको समस्या संघ र प्रदेश सरकारसंगको सहकार्य हल गर्ने बताउनुभयो ।