डाक्टरको कारण देखाउँदै पोस्ट मार्टम नगरेपछि आफन्त आक्रोशित

कार्तिक ०१, २०७९


तुलसीपुर, ३१ असोज ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले हत्या गरिएका दुई बालबालिकाको शव पोस्ट मार्टम नगरेको भन्दै आफन्तले आक्रोश पोखेका छन् । १४ बर्षका शरद आचार्य र १५ बर्षकी रोशनी महताराको शवलाई अस्पताल प्रशासनले इक्युपमेन्ट र विशेषज्ञ चिकत्सिक नभएको भन्दै पोस्ट मार्टम गर्न नमाने पछि मृतकका आफन्तले आक्रोश पोखेका हुन् ।
जनकल्याण सामुदायिक वनको जंगलमा हत्या गरेर एउटै खाल्डोमा पुरिएको अवस्थामा आइतबार १२ बजे फेला परेका दुई बालबालिकाको शव पोस्ट मार्टमका लागि सोहिदिन राति १० बजे अस्पताल पु¥याईएको थियो ।
‘आफन्तहरु पिडामा हुनुहुन्छ । यता डाक्टरले क्युपमेन्ट र पोस्ट मार्टम गर्ने डक्टर छैन भन्दै राप्ती  स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजानुस भन्छ रे । के हो यो ? जनतालाई यसरी दुःख दिन पाइन्छ ?’ तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष मोहन पौडेलले भन्नुभयो । भोली बिहानसम्म पोस्ट मार्टम नभए अस्पताल घेराउ गर्ने उहाँले चेतावनी दिनुभयो ।

यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले विशेषज्ञ डक्टर बोलाएर पोस्ट मार्टम गर्ने बताएको छ । प्रतिष्ठानका एक्सपर्ट चिकित्सकसंग पोस्ट मार्टमका लागि कुरा भएको बताउँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा. ओम अर्यालले घटना संवेदशील भएकाले सकभर राम्रो ठाउँमा लैजान सुझाए बताउनुभयो ।
‘हाम्रोमा विज्ञ चिकित्सक छैनन् । इक्युपमेन्ट पनि छैन् । घटना संवेदनशील भएकाले मृतकका आफन्तलाई सकभर प्रतिष्ठानमा लैजान सुझाव दिर्यौ । उहाँहरुले मान्नु भएको छैन । पोस्ट मार्टमका  आधारमा प्रहरीले मुद्दा प्रकृया अघि बढाउने भएकाले सकरभर राम्रो होस भनेर प्रतिष्ठानमा लग्न भनेका हौं ।’ अस्पतालका प्रमुख डा. अर्यालले भन्नुभयो ।