राज्यमन्त्री केसीको स्वास्थ्य अवस्था सामान्य

कार्तिक ०४, २०७९


काठमाडौँ, ४ कात्तिक ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । डेङ्गु सङ्क्रमण भएपछि वीर अस्पतालमा उपचाररत रहनुभएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसअघि राज्यमन्त्री केसीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । “उहाँको स्वास्थ्यावस्था सुधार भइरहेको छ । एक दुई दिन सघन उपचार कक्ष (आइसियु) मै चिकित्सकको निगरानीमा राख्नेछौं”, उहाँले भन्नुभयो, “त्यसपछि डिस्चार्ज गर्छौैं ।” उहाँले राज्यमन्त्री केसीलाई थप निगरानी गर्नुपर्ने भएकाले आइसियुमा राखिएको बताउनुभयो ।