घाेराहिमा भएको आगलागिकाे घटना प्रति दुख व्यक्त

कार्तिक ०८, २०७९


तुलसिपुर ८ कार्तिक । घोराहिमा भएको आगलागीकाे घटना प्रति तुलसिपुर फर्निचर तथा फर्निसिङ व्यवसायि समितिले दुख व्यक्त गरेकाे छ । समितिले अाज एक विज्ञप्ति जारि गरि गएराति घाेराहिकाे सहिद उमेस मार्गमा रहेका न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई फर्निचर उद्योगमा आगलागी भएको घटना प्रति दुख व्यक्त गर्दै उचित क्षतिपूर्तिको माग समेत गरेकाे छ ।
आगलागीबाट करोडौको क्षति भएको हुदा क्षतिकाे पुर्ण विवरण संकलन गरि मानविय नाताले सहयाेग गर्न स्थानिय सरकार , सम्पूर्ण व्यवसायि, संघ, संस्था लगायत सवैमा जाेडदार माग गर्दछौं विज्ञप्तिमा भनियकाे छ । तुलसिपुर फर्निचर तथा फर्निसिङ व्यवसायि समितिका अध्यक्ष तिलक वहादुर खडका र सचिव विमल गाैतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा पटक पटक अागलागिका ठुला ठुला घटनाहरु हुदा समेत नियन्त्रण गर्ने सरकारि संरचना प्रभावकारि नदेखिनुले व्यवसायिहरु मारमा पर्ने गरेकाे भन्दै अागामि दिनमा सजग र पर्याप्त तयारि गर्न समेत माग गर्दछौं भनियकाे छ ।