एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने

कार्तिक १५, २०७९


काठमाडौ, १५ कात्तिक । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो साढे १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव सङ्कलन गरिएको थियो ।