घनश्याम पाण्डेले मुल्कोटमा पुगेर के भने ?

कार्तिक १५, २०७९


तुलसीपुर, १५ कात्तिक ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं दाङ निर्वाचन क्षेत्र नम्वर ३ क बाट प्रदेश सभा सदस्य पदका उमेदवार घनश्याम पाण्डेले तुलसीपुर ४ मुल्कोटलाई सुन्दर बस्तीका रुपमा विकास गर्ने बताउनु भएको छ । स्थानिय नागरिकहरु संग आज(मंगलवार) भेटघाट गर्दै उमेदवार पाण्डेले आफु नगरप्रमुख हुदा सडकबाटो विस्तार, मुल्कोट ,लिफटिङ मार्फत जुम्लेटाकुरामा खानेपानी विस्तार गरेको बताउनुभयो ।मुल्कोट बस्ती भुगोलको हिसावले विकट र दुर्गम भएपनि २०७४ सालको स्थानिय तहको निर्वाचन पछि मुहार फेरिएको बताउनुभयो । बाटो र खानेपानी विस्तार गरी आफैले उदघाटन गरेको बताउदै उहाले अब सडक बाटो र खानेपानीलाई दिर्घकालिन रुपमा व्यवस्थित गर्ने योजनालाई पहिलो प्राथमिकता दिने बताउनुभयो । हिजो बाटो थिएन,खानेपानीको सुविधा थिएन तर आज बाटो आएको छ, खानेपानी विस्तार भएको उहाले भन्नुभयो, यो हामीले गरेका हऔँ ।सवै कुरा एकै पटक गर्न सम्भव नहुने भन्दै आफुले विस्तार गरेको विकासलाई दिगो बनाउनेमा ध्यान दिने उहाले बताउनुभयो । यस क्षेत्रमा रहेको पर्यटकिय स्थल चमेरेगुफालाई संरक्षण र प्रर्वद्धन गर्नका लागी आफु २०५४ सालमा तत्कालिन तुलसीपुर नगरपालिकाको उपमेयर हुदा आफुले चमेरेगुफा महोत्सव आयोजना गरेको उहाले स्मरण गराउनु भएको थियो । यस्तैगरी सामुदायिक बन महासंघमा आबद्ध हुदा र मेयर हुदा पनि गुफाको विकास र प्रचारका लागी मेला महोत्सव संचालन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाले बताउनुभयो ।
साथै उहाले कर्णाली प्रदेश संग जोडिएको मुल्कोटलाई पर्यटकिय क्षेत्रका हिसावले सुन्दर बनाउने र कर्णाली प्रदेश संग जोड्ने सडक संजाल निर्माणको काम सुरुवात भएकाले यसलाई थप विस्तारका  लागी पहल गर्ने बताउनुभयो ।सोहि अवसरमा मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले उमेदवार पाण्डेलाई स्वागत गर्दै गाउँबस्तीको विकास र समृद्धिका लागी प्राथमिकता दिनु पर्ने माग गर्नु भएको छ । सडकबाटो र खानेपानी विस्तारको काम गरिदिएकोमा धन्यवाद दिदै अब यसलाई दिगो बनाउन आबश्यक बजेटका लागी पहल गरीदिन माग गर्नुभएको छ । यस्तै महिला,विपन्न परिवारका लागी आर्यआर्जनमुलक तालिमको माग गर्नुभएको थियो ।नगरप्रमुख पाण्डे र निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)को प्रशंसा गर्दै उहाले आगामी दिनमा पनि मुल्कोट बस्तीको विकासका लागी पहल लिनुपर्ने माग गर्नुभएको थियो ।