गठबन्धनलाई इमान्दारीपूर्वक मतदान गर्न काङ्ग्रेस नेता विरकेश्वरी गाैतमकाे अपिल

कार्तिक १६, २०७९


घाेराही, १६ कार्तिक । नेपाली कांग्रेसका पुराना नेता विरकेश्वरी गौतमले आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ । गौतमले राजनीतिक दलहरुले गठबन्धन गरिसकेपछि सबै दलका नेता कार्यकर्ताले इमान्दारीपूर्वक मतदान गर्नु आधारभूत कर्तव्य भएको समेत बताउनुभयाे ।

आफूले जीवनमा सधै निष्ठाको राजनीति गरेको उल्लेख गर्दै गौतमले निष्ठावान नेता तथा कार्यकर्ताले पार्टीको निर्णयलाई शिरोपरण गर्नुपर्ने बताउनुभयाे । दाङ निर्वाचन क्षेत्र नं.२ मा गठबन्धनका साझा उम्मेद्वार रेखा शर्मालाई अत्याधिक मत दिएर विजयी गराउनुहुन म सबैमा हार्दिक अनुराेध गर्दछु, गाैतमले भन्नुभयाे, त्यसैगरी दाङ २ (१) मा राजु खनाल र २ (२) मा प्रचण्डविक्रम न्याैपानेलाई मतदान गर्नुहुन हार्दिक अनुराेध छ ।

राजनीति गर्ने मान्छेहरूले सधै इमान र पार्टीको पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै पार्टीकाे निर्णयलाई सबैले पालना गर्नुपर्ने उहाँको भनाइ छ । कसैले पार्टीमा असहमति राख्छ भने निर्णय नहुँदा सम्म हाे, गाैतमले भन्नुभयाे, पार्टीले निर्णय गरिसकेपछि कसैले पानी दायाँबायाँ गर्ने छुट हुँदैन ।