दंगीशरण ३ मा नमुना मतदान सम्पन्न

कार्तिक १६, २०७९


प्रमोद आचार्य
दंगीशरण, १६ कात्तिक ।
जिल्ला निर्वाचन कार्यालय दाङले दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुलीमा नमुना मतदान सम्पन्न गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मतदातालाई जनचेतना जगाउन तथा बदर मत संख्या कम गर्न दाङका १० वटै स्थानिय तहको कुनै १ ठाउँमा नमुना मतदान गरीरहेको दाङ क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

स्थानिय जेष्ठ नागरीकबाट शुरु गरिएको नमुना मतदानमा ६२ जना मतदाताहरुले मतदान गरेका थिए । नमुना मतदानले मतदाताहरुमा मतदान सम्बन्धि कति ज्ञान छ र सदर मत कति बढाउन सकिन्छ, भनेर निर्वाचन कार्यालयले नमुना मतदान गराउदै हरेक स्थानिय तहमा हिडेको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत नारायण भण्डारीले बताउनुभयो ।

नमुना मतदानमा गाउँपालिका अध्यक्ष शम्भु गिरी,स्थानिय वडाका जन प्रतीनिधि ,स्थानिय वासि, विद्यार्थी ,लगायतको सहभागीता रहेको थियो ।मतदानमा ६२ मत खसेकोमा ५५ मत सदर र ७ मत बदर भएको मतदान अधिकृत दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिले जानकारी दिनुभयो ।