तुलसीपुरमा एकजना मृत अवस्थामा फेला

कार्तिक १६, २०७९


तुलसीपुर, १६ कात्तिक ।
दाङको तुलसीपुरमा एकजना मृत अवस्थामा फेला परेका छन । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीस्थित बाटोको छेउमा तुलसीपुर १ भम्के निवासी ७० वर्षीय तुल्सीराम भण्डारी हिजो साझ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।

घर नजिकैको कुलोको छेउमा मृत फेला परेको प्रहरीको भनाई रहेको छ । पारीवारीक स्रोतका अनुसार उहालाई प्रेसरको समस्या रहेको बुझीएको प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछी मात्रै घटनाको बारेमा थाहा हुने प्रहरीको भनाई रहेको छ ।