पूर्वमन्त्री शर्मा खेतमा धान काट्न थाले पछि किसानहरू दंग

कार्तिक १७, २०७९


घाेराही, १७ कार्तिक । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्रनम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले खेतबारीमा पुगेर किसानहरुसँग मत माग्नुभएको छ । उहाँले किसानहरूसँग केही समय मत समेत माग्नुभएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं.९ तेघरामा किसानकै खेतबारीमा पुगेर मत माग्नुभएकाे हाे । निर्वाचन प्रचारकाे क्रममा धेरै किसानहरू खेतमा धान काट्न व्यस्त हुनुहुन्छ, शर्माले भन्नुभयाे, उहाँहरूलाई काममा डिष्ट्रब नगरेरै आफ्नाे कुराहरू राख्न खेतमै आएकी हुँ । मत माग्दै गर्दा शर्माले केही बेर धान समेत काट्नुभएकाे थियाे । आफू किसान परिवारमा जन्मिएकाले सहजै श्रम गर्न सक्ने उहाँले बताउनुभयाे ।

किसानकाे समस्या मलाई राम्राेसँग थाहा छ, शर्माले भन्नुभयाे, मुलुककाे अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रकाे व्यवसायिकरण गर्न जरूरी छ ।किसानहरूसँग छलफलका क्रममा पूर्वमन्त्री शर्माले किसानलाई कृषि उपज तथा बीउबिजनमा अनुदानका कार्यक्रम ल्याइने बताउनुभयाे । पूर्व मन्त्री खेतमै गएर धान काटेपछि किसानहरू दंग भएका छन् । रेखा शर्मा निकै सरल स्वभावकी हुनुहुँदाे रहेछ, हाम्रो देशका लागि यस्तै नेता चाहिएको हाे, स्थानीय बसन्ता वलीले भन्नुभयाे, रेखा शर्मा जस्तै सरल र इमान्दार नेतालाई देशकाे नेतृत्वमा पुर्याउनुपर्छ ।

अर्का स्थानीय जयन्ता बस्नेतले आफूलाई नेता भने पछि सुकिलामुकिला हुन्छन् भन्ने आफ्नाे साेँच रेखा शर्माले परिवर्तन गरिदिएकाे बताउनुभयाे । हामीलाई जमिन्दार र घमण्डी नेता हाेइन, रेखा शर्मा जस्तै सरल नेता आवश्यक छ, उहाँले भन्नुभयाे, हाम्रो गाउँठाउँमा सबेैले रेखा शर्मालाई विजयी गराउने भन्छन् ।