दाङमा श्रीमतीको हत्यापछी श्रीमानले पनी गरे आत्महत्या

कार्तिक १८, २०७९


दाङ, १८ कात्तिक । 

दाङको घोराहीमा श्रीमतिको हत्यापछि एक युवकले आफुले पनी झुन्डियर आत्महत्या गरेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ निवासी ३६ बर्षीय नबिन रोकाले आफ्नै श्रीमती ३७ बर्षीया निरु रोकाको हत्यापछि आँफुले झुन्डियर आत्महत्या गरेको जिल्ला प्रहरी प्रबक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ । बिहीबार बेलुका उच्च रक्तचापका बिरामी नबिनलाई उहाकी श्रीमति निरुले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराउनका लागी भनेर पु¥याउनु भएको थियो । सम्बन्धित डाक्टरले उहाको उपचारको लागी आवस्यक डाक्टर नभयको र शुक्रबार बिहान ८ बजेको समय उनीहरुका लागि छुट्याएका थिए ।

डाक्टरले भर्ना गर्नु पर्छ भनेपछी उनीहरु अस्पतालबाट बाहिरीएका थिए । निरुको आग्रहमा दुबैजना घोराही – १५ स्थित फूपुको घरमा बास बसेका थिए । पाहुना पर्न गएका निरु र नबिनलाई आफन्तले एकै घरको दुइ कोठामा बास बस्नका लागि दिएका थिए । शुक्रबार बिहान ढोका नखुलेपछि खोलेर हेर्दा निरुको शब एउटा कोठामा र नबिनको शब अर्को कोठामा झुण्डिको अवस्थामा फेला परेको डिएसपी गौतमले बताउनु भएको छ । प्रहरीका अनुसार मानसीक बिरामी रहेको र पहिले पनी घरमा खुकुरी देखाएर तर्साउन थालेपछी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछी श्रीमतीले मानसीक बिरामीको प्रमाणपत्र लिएर देखाएपछी प्रहरी सम्झाई बुझाई गरेर छाडकोे थियो । श्रीमतिको घाँटी थिचेर हत्या पछि श्रीमानले आँफुले पनी छुट्टै कोठामा गएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।