यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कार्तिक २०, २०७९


नेपाल राष्ट्र बैँकले आइतबार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रूपैयाँ ६४ पैसा र बिक्री दर १४८ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।