रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

कार्तिक २१, २०७९


दाङ, २१ कात्तिक ।
रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १ स्थित आधारभुत विद्यालय सिमलतारालाई एक थान कम्प्युटर प्रदान गरेको छ। सामाजिक सेवा प्रति उत्तरदायी रोटरी क्लव अफ दाङले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

विद्यालयमा कम्प्युटर प्राप्त भएपछी उक्त कम्प्युटर विद्यालयको प्रशासनिकलगायतका काममा प्रयोग हुने प्रधानाध्यापक विकास पाण्डेले बताए । उक्त विद्यालयलाई रोटरी क्लवले बिगतका बर्षहरु देखिनै सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि रोटरीको कुनै शैक्षिक कार्यक्रम परे विद्यालयलाई थप सहयोग गरिने कार्यक्रम संयोजक कमल रेग्मीले बताए ।

रोटरी क्लव अफ दाङका अध्यक्ष ओबिन्द्र महराको अध्यक्षतामा भएको कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकै एक अग्नीपिडित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको अध्यक्ष महराले बताए ।