तुलसीपुर उ.बा.संघको आकस्मिक बैठक, मेला महोत्सवका सन्दर्भमा ध्याणाकर्षण

कार्तिक २१, २०७९


दाङ, कार्तिक २१ । यस क्षेत्रका आम ब्यबसायिहरुको छाता सङ्गठन तुलसीपुर उद्योग बाणिज्य संघको समन्वय र सहकार्य बिना ब्यबसायिक मेला महोत्सवको कल्पना समेत गर्न नसकिने एक बार्यक्रमका बक्ताहरुले बताएका छन । मेला सङ्ग प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित ब्यबसायिहरुको सहमति बिना यस क्षेत्रमा कुनैपनि मेला महोत्सवहरुको कल्पना पनि गर्न नसकिने पनि प्रष्ट पारिएको छ । त्यसमा पनि उदेश्य बिहिन र अपार्दर्शि तरिकाले आयोजना गर्ने मेला महोत्सब सञ्चालनमा रोक लगाउन समेत गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासनहरुलाई परिपत्र गरिसकेको सन्दर्भमा कुनैपनि क्लबको नाममा आयोजना हुने ब्यबसायिक मेला महोत्सव प्रति हाम्रो बिमति रहेको छ । गम्भिर ध्याणाकर्षण भएको छ ।

सम्बन्धित स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालय मार्फत उदेश्य बिहिन तरिकाले ब्यक्तिगत मुनाफा आर्जन गर्नका लागि आयोजना हुने मेला महोत्सव रोक्न समेत आम ब्यबसायिको तर्फबाट सादर अनुरोध गर्दछौ । समाजिक उदेश्य सहितको ब्यबसायिक महोत्सव, कृषि प्रदर्शनि र स्थानिय उत्पादनलाई बजारिकरण गर्न ब्यबसायिक महोत्सव सम्बन्धित ब्यबसायिक सङघ सस्थाहरुले आयोजना गर्नेछन । त्यसबाहेक उदेश्य सहितका सास्कृतिक कार्यक्रमहरु, बिषयगत जुत्तामेला, अटोमोबाईल, आईटि प्रदर्शनि, धार्मिक महोत्सव र कला सस्कृतिको जगेर्ना गर्ने गतिबिधिहरु सहितका कार्यक्रमहरु बढिमा तिन अथवा पाचदिन सम्मका प्रदर्शनिहरु अन्य सस्थाहरुले बिधानमा उल्लेख भएको खण्डमा स्थानिय सरकारको अनुमतिमा मात्रै सञ्चालन गर्न पाउने छन गृहमन्त्रालय द्वारा जारि निर्देशनमा उल्लेख गरिएको छ ।

यता तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसिले बयबसायिहरु सङ्गको सयुक्त बैठकपछि बिज्ञप्ति जारि गरि हचुवाको भरमा स्थानिय निकाय र जिल्ला प्रशासनले उदेश्य बिहिनका क्लबहरुलाई मेला सञ्चालनको अनुमति दिदा ब्यबसायिले हैरानि ब्यहोर्नुपरेको उल्लेख गरिएको छ । तुलसीपुरको बसपार्कमा पन्ध्र दिन देखि जारि मेला सञ्चालनका सन्दर्भमा स्थानिय सरकारको रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका र स्थानिय प्रशासन मुखदर्शक बनेको भन्दै आपत्ति प्रकट गरिएको छ । हामिले सुन्दै छौ बेमौसममा फेरि अर्को मेला लगाउने तयारी एउटा क्लबले गरिरहेको छ ब्यबसायिहरुको मर्कालाई अटेरि गरि एकलौटी हिसाबले मेला सञ्चालन हामि कुनैपनि हालतमा गर्न दिने छैनौ बिज्ञप्तिमा भनिएको छ । ब्यबसायिक महोत्सव गैर ब्यबसायिक सस्था वा क्लबले लगाउन छुट नभएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।